काठमाडौँ । काठमाडौं विश्वविद्यालय स्कूल अफ आट्र्स अन्तर्गतको लर्निङ, इनोभेसन र नलेज एक्सचेन्ज (लाइक) ल्याबद्वारा सञ्चालित “विद्यालयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनः बालबालिकाले मूल्यांकन गर्ने र बन्न चाहने चाहनामा आधारित (सीभीईसी परियोजना)” को ज्ञान विनिमय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
शुक्रवार ललितपुरको पुल्चोक स्थित कन्फरेन्समा आयोजित एक कार्यक्रममा यस चरणका उपलब्धिहरूमाथि विस्तृत छलफल गर्दै ज्ञान विनिमय कार्यक्रम (नलेज एक्सचेन्ज कार्यक्रम) सम्पन्न भएको हो ।
ग्लोबल पार्टनरशिप फर एजुकेशन (जीपीई) (जीपीइ) को नलेज एन्ड इन्नोभेसन एक्सचेन्ज (केआईएक्स) (केआइएक्स) कार्यक्रम तथा अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (आईसडआरसी) (आइडिआरसी), क्यानडाको साझेदारीमा सञ्चालित उक्त परियोजना प्रदेश नं. १ को भोजपुर जिल्लाका १३ सामुदायिक विद्यालयहरूमा कार्यान्वयनमा रहेको छ ।
-1752903367.jpg)
परियोजना संयोजक अनुष्का श्रेष्ठका अनुसार १७ महिनाको अवधिमा लक्षित समूह छलफल, आधारभूत सर्वेक्षण, डाटा व्यवस्थापन र विश्लेषण, नीति संवाद, सञ्चार संलग्नता, तथा स्थानीय सरोकारवालासँगको सहकार्यलगायतका विविध गतिविधि सम्पन्न भएका छन्। यस परियोजनाले विद्यार्थी, शिक्षक तथा अभिभावकको क्षमता अभिवृद्धि गर्दै समावेशी र लैङ्गिकमैत्री विद्यालय वातावरण निर्माणमा योगदान पु¥याइरहेको श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार आगामी चरणमा विद्यालयस्तरीय क्लब गठन, क्षमता विकास तालिम, कार्यक्रम तथा अन्य गतिविधिहरू सञ्चालन, र स्थानीय तहसँग सहकार्य गर्दै बालकल्याण र समावेशी शिक्षाको सुनिश्चिततामा विशेष जोड दिइने बताइन् ।
यो परियोजना एक निरन्तर कार्य अनुसन्धान परियोजना हो जुन मार्च २०२४ मा सुरु भयो र फेब्रुअरी २०२७ सम्म जारी रहनेछ । यो काठमाडौं विश्वविद्यालय स्कूल अफ आट्र्सअन्तर्गत सञ्चालनमा रहेको लाइक ल्याबको दोस्रो परियोजना हो, जसलाई ग्लोबल पार्टनरशिप फर एजुकेशन नलेज एण्ड इन्नोभेसन एक्सचेन्ज (जीपीर्ई) – केआईएक्स) र क्यानडाको इन्टरनेसनल डेभलपमेन्ट रिसर्च सेन्टर (आइडिआरसी) सँगको संयुक्त प्रयास हो
-1752903401.jpg)
(लाइक) ल्याब अन्तर्गत पहिलो परियोजना सन् २०२१ मे देखि २०२३ नोभेम्बरसम्म सञ्चालन गरिएको थियो, जसमा विद्यालय बाहिर रहेका तथा विद्यालय छोड्ने जोखिममा रहेका बालबालिकाका लागि कार्यक्रमहरूको प्रभावकारिता र विस्तारयोग्यता मूल्याङ्कन गरिएको थियो । हाल चलिरहेको दोस्रो परियोजना भने बालबालिकाले मूल्यांकन गर्ने तथा बन्ने चाहनामा आधारित कार्यक्रममार्फत विद्यालयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनमा केन्द्रीत गरिएको हो ।
यो परियोजना मार्च २०२४ देखि फेब्रुअरी २०२७ सम्म सञ्चालन हुने जानकारी दिइएको छ । परियोजनाबाट दीर्घकालीन रूपमा समावेशी र न्यायपूर्ण शिक्षाका अभ्यासहरूलाई संस्थागत गर्दै विद्यालय तहमै सकारात्मक रूपान्तरण हुने अपेक्षा गरिएको परियोजना संयोजक श्रेष्ठको भनाई छ ।