काठमाडौँ, भाद्र । “वैकल्पिक सोच” अन्तर्गतका मुख्य चार पक्ष— विचार, व्यवहार, व्यवस्थापन र विश्लेषणलाई अलग–अलग तर परस्पर सम्बन्धित ढाँचामा समेटेर वैकल्पिक राजनीतिको विश्लेषक एवं व्यवसायी डा. राजेन्द्र केसीद्वारा लिखित कृति बुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमियरमा आयाेजित एक विशेष कार्यक्रमका बीच लाेर्कापण भएको छ । पुस्तक विमाेचन कार्यक्रममा प्रकाशक एवं उद्घाेषक भुपेन्द्र खड्काले “वैकल्पिक सोच” पुस्तकले व्यक्तिगत जीवनका सामान्य समस्यादेखि व्यवस्थापनका जटिल प्रश्नसम्ममा वैकल्पिक उपायहरू खोज्ने दृष्टिकोण प्रदान गरेकाे बताउनुभयो ।
“वैकल्पिक सोच” लाेकार्पण समारोहमा स्वागत मन्तव्य राख्दै राष्ट्रिय संस्कार धाम, नेपालका प्रवक्ता एवं वैकल्पिक राजनीतिका व्याख्याता विजयकुमार पन्तले “वैकल्पिक सोच” वैकल्पिक राजनीतिको साझा दस्तावेज अर्थात् ब्लुप्रिन्ट बन्न सक्ने बताउनुभयो । वैकल्पिक राजनीतिको अनुभव र चुनाैतीकाे डाइग्नाेसिस गर्दै लाेकप्रियतावादमा नअड्किउँ भन्ने कुरा सुझाउँदै वैकल्पिक भित्र नयाँ, झन नयाँ र अत्यन्तै नयाँ बीचको प्रतिष्पर्धा वैकल्पिक नभएको र नयाँ पार्टीहरूकाे विशेषता अझ धेरै नयाँ पार्टी बनाउनेतर्फ केन्द्रित हुन नहुनेमा ध्यानाकर्षण गराउनुभयाे ।
त्यसैगरी, पुस्तक माथि टिप्पणी गर्दै नेपाली सेनाका पुर्वसहायक रथि एवं प्रकृति संरक्षणविद् बाबुकृष्ण कार्कीले पुस्तकले प्रकृति संरक्षण र पर्यावरणकाे पक्षमा पनि उत्तिकै ध्यान केन्द्रित गरेकाे भन्दै नेपाली तथा गाेरखालीहरूले भिटाे पावर प्राप्त देशहरूकाे मुख्य सुरक्षामा विश्वसनीयता कायम गरेको बताउनुभयो ।
अर्कावक्ता विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्काेटाले वैकल्पिक साेच माथि टिप्पणी गर्दै परिवर्तनको संवाहक आफैं हुनुपर्छ भन्ने लेखकको जाेडले सबैलाई वैकल्पिक राजनीति प्रति प्रेरित गरेको धारणा व्यक्त गर्दै युवा राजनीति उमेर मात्रै नभएको पनि टिप्पणी गर्नुभयाे । पुस्तक पढ्दै गर्दा बाँस्कोटाले धेरैपटक विवेकशील साझाकाे दस्ताबेज नै सम्झिएकाे बताउनुभयो । अर्का वक्ता नागरिक शक्ति पार्टीका अध्यक्ष एवं बरिस्ठ पत्रकार देवप्रकाश त्रिपाठीले वैकल्पिक साेच पुस्तकले आफ्नो माैलिकता, राष्ट्रवाद र आर्थिक समृद्धिलाई आधार बनाएर वैकल्पिक राजनीतिकर्मिहरूलाई बाटो देखाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लेखकमा आफ्नै माैलिक अनुभवबाट वैकल्पिक रूझान आएको देखिन्छ भन्दै ब्रह्मले गलत ठानेपछि बाटो बदल्नुपर्छ भन्ने उहाँको भित्रै देखिकाे हुटहुटिले लेखनलाई अर्गानिक बनाएको बताउनुभयो । आर्थिक समृद्धिका लागि सहि नीति , नियत र नेतृत्व हुनुुपर्ने भन्ने कुरालाई पुस्तकले पुष्टि गरेको बताउँदै देवेन्द्रराज पाण्डे देखि नयाँ शक्तिसम्मकाे अभियानले वैकल्पिक साेच पुष्टि गरेको स्मरण गर्नुभयो । वैकल्पिक साेचले आन्तरिक डेमोक्रेसी र लिबरल डेमोक्रेसीकाे आत्मामा पुग्नुपर्याे भन्ने विचार व्यक्त गर्नुभयाे ।
वैकल्पिक सोच कृति विमोचन कार्यक्रममा बोल्दै विशेष अतिथि एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. केसी द्धारा लिखित पुस्तक वैकल्पिक
राजनीतिकर्मिहरूलाई महत्त्वपूर्ण र सन्दर्भ सामाग्री बन्ने भन्दै पुस्तक पढ्न सिफारिस गर्नुभयो । “आजको समाजमा केवल परम्परागत ढाँचामा अड्किनु हुँदैन, नयाँ दृष्टि र वैकल्पिक सोच आवश्यक छ र पुस्तकले त्यही बाटो देखाएको छ भन्दै वैकल्पिक सोच २१ आैँ शताब्दीको समाज र व्यवस्थापन अभ्यासमा अपरिहार्य भएको धारणा व्यक्त गरे । मैले सक्नेजति गरेँ अब सबैले गर्नुपर्याे भन्दै सबैलाई अपिल पनि गर्नुभयो ।
पुस्तकका लेखक डा. राजेन्द्र केसीले पुस्तक लेखनको उद्देश्यबारे जानकारी दिँदै वैकल्पिक सोच पुस्तक कसैलाई ताेड्न हैन जाेड्न लेखिएको हाे भन्दै वैकल्पिक सोचको अभ्यासले व्यक्तिगत मात्र होइन, संस्थागत र सामाजिक रूपान्तरणलाई पनि गति दिन सक्छ। वैकल्पिक सोचले समस्यालाई फरक कोणबाट हेर्ने क्षमता दिन्छ। यस पुस्तकमार्फत मैले पाठकलाई सोच, व्यवहार, व्यवस्थापन र विश्लेषणमा नवीन ढाँचाको अभ्यास गर्न प्रेरित गर्ने प्रयास गरेको छु।
पुस्तक लाेकार्पण समारोह कार्यक्रममा नेपाली सेनाका पुर्वरथीहरू, नेपाल प्रहरीका पुर्व आइजिपि, एआइजि, पूर्वसचिवहरू, कलाकारहरू , नेपाल डेमोक्रेटिक लयर एसाेसियसना अध्यक्ष र पदाधिकारीहरू, फेडेनका अध्यक्ष एवं पदाधिकारीहरू, RUNVAN का अध्यक्ष एवं पदाधिकारीहरू, कर्पाेरेट बैंकका सिइआेहरू, लेमन ट्रि प्रिमियरका अध्यक्ष र पदाधिकारीहरू, नेपाल PHD एसाेसिएसनका अध्यक्ष र पदाधिकारीहरू, शिक्षाविद, अनुसन्धानकर्ता, सञ्चारकर्मी लगायतको सहभागिता थियो। सहभागीहरूले “वैकल्पिक सोच” लाई व्यवहारिक जीवन र व्यवस्थापन क्षेत्रका लागि मार्गदर्शक कृति भन्दै प्रशंसा गरेका थिए ।
Book Hill प्रकाशन मार्फत प्रकाशित पुस्तक देशभरका पुस्तक पसल र अनलाइन माध्यममा उपलब्ध हुने बताइएको छ।