
सर्लाही (हरिपुर), असोज ०५ । सर्लाहीको हरिपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाको शनिबार सम्पन्न २०औं वार्षिक साधारण सभाले बबिता कुमारी चौधरीको नेतृत्वमा नौ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा शुष्मा न्यौपाने रहेकि छिन् ।
त्यस्तै समितिका सदस्यहरुमा राजदेव चौधरी, चितोर कुमारी, राम औतार चौधरी, अमृता कुमारी चौधरी, रिखेश्वर कडरिया, जमुना कुमारी धामी र राम सुमारी चौधरी रहेका छन् । सभाले मैनादेवी चौधरी, सुनिता कुमारी चौधरी, सर्मिला कुमारी चौधरी, सविता कुमारी चौधरी, मिरावती देवी चौधरी, मिना देवी धामी, खड्ग बहादुर थापा, मनिता दनुवार, मिना ठाकुर र शारदा श्रेष्ठलाई अन्तर समुह अध्यक्षमा चयन गरेकोे छ ।
त्यसैगरी सभाले रेनु कुमारी चौधरीको संयोजकत्वमा अन्जु कुमारी चौधरी र पवन कुमारी चौधरी सदस्य रहनेगरी लेखा समितिको चयन गरेको छ भने शिवकली राउतको संयोजकत्वमा १० सदस्यीय पशु बिमा समिति चयन गरेको छ । जसमा भवानी श्रेष्ठ सदस्य सचिव रहेकि छिन भने सदस्यहरुमा क्रमसः उषा कुमारी चौधरी, एका कुमारी, लक्ष्मीनारायण पंजियार, बहुरी देवी चौधरी, रन्जुदेवी धामी, कविता मिश्रा, नेत्र कुमारी कार्की र त्रिवेनी देवी चौधरी रहेका छन् ।
साधारण सभाको उद्घाटन गर्दै सर्लाहीका संविधान सभा सदस्य रामचन्द्र चौधरीले बचत गर्ने नै सम्पन्न हुने भएकाले कमाएको सबै खर्च गर्ने बानीको अन्त्य गर्नुपर्ने उल्लेखगर्दै सहकारी स–साना ब्यवसाय गर्नेका लागि बैशाखी भएको र ब्यवसायकालागि सहकारीबाट लिएको ऋण अनुत्पादक क्षेत्रमा खर्च गर्नु नहुने बताए । त्यस्तै अर्का संविधान सभा सदस्य रंजना सरकारले सहकारीले सबै गरिबहरुको जिवनस्तर उकास्न महत्वपुर्ण सहयोग गरेकाले आफ्नो सम्पुर्ण सहयोग रहने बताईन् । कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पंजियारले नगरले किसाहरुकै हकहितकोलागि कार्य गरिरहेकाले यसवर्षको वजेटमा पनि किसानकालागि एक करोड रुपैयाँ विनियोजन गरेको बताए ।
संस्थाले गत आर्थिक वर्ष २०८१÷८२ को अवधिसम्ममा कूल ४१ करोड ३५ लाख ५१ हजार ६१६ रुपैयाँ कूल कारोवार गरी १ करोड, ६१ लाख ८३ हजार ८ सय २४ रुपैयाँ खूद मुनाफा आर्जन गरेको प्रबन्धक नरेन्द्र कुमार चौधरीले जानकारी दिए । प्रबन्धक चौधरीले साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा १८ करोड, ७६ लाख, ९७ हजार १ सय ८८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ सय २६ समुहका १ हजार १ सय ९४ महिला सहित कुल १ हजार २ सय ७१ शेयर सदस्य मार्फत १ करोड, ७४ लाख, ५ हजार १ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले ३४ करोड ७१ लाख, ४२ हजार, ५ सय रुपैया कर्जा लगानी गरेको संस्थाको साधारण सभाको अवशरमा जानकारी दिईएको छ ।
संस्थाले जगेडा तथा अन्य कोष तर्फ ३ करोड, २८ लाख, ६७ हजार, २ सय २७ रुपैयाँ विनियोजन गरि संस्थाको अवस्था बलियो बनाएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट समुह, बचतकर्तालाई पुरस्कृत तथा सम्मान गरिएको थियो । संस्थाले शेयर सदस्यलाई १५ प्रतिशत शेयर बोनस तथा संरक्षितपुँजी फिर्ताकोष मार्फत बचत ब्याजमा १४ दशंलव ८७ प्रतिशत र कर्जा ब्याजमा ३ दशंलव ८४ प्रतिशत हुनआउने रकम सदस्यहरुलाई फिर्ता गरिने संस्था सहायक सरोज कुमार चौधरीले जानकारी दिए ।