काठमाडौँ । आधुनिक जीवनशैली, डिजिटल उपकरणहरूको अत्यधिक प्रयोग, प्रदूषण र असन्तुलित आहारका कारण आँखासम्बन्धी समस्या दिनप्रतिदिन बढ्दो छ। दृष्टि धमिलो हुने, चस्मा आवश्यक पर्ने, वा आँखामा लगातार दुखाई हुने समस्या अब उमेरसँग सीमित नरही आम जनस्वास्थ्यको चिन्तामा पर्न थालेको छ।
यसै सन्दर्भमा धेरैले सोध्ने प्रश्न हो – “कुन फलफुल खाँदा आँखाको ज्योति बढ्छरु”
विशेषज्ञहरूका अनुसार दृष्टि सुधार र आँखाको दीर्घकालीन स्वास्थ्यका लागि भिटामिन ए, लुटेइन, जिओक्सान्थिन, भिटामिन सी र ई, जिंक तथा ओमेगा–३ फ्याटी एसिड जस्ता पोषक तत्व अत्यन्त आवश्यक छन्। यी तत्वहरू प्रायः फलफुल र प्राकृतिक आहारीय स्रोतहरूबाट सहजै प्राप्त गर्न सकिन्छ।
आँखाको ज्योति बढाउने फलफुलहरूस्
गाजर – भिटामिन ए को स्रोत। दृष्टि प्रष्ट पार्न सहयोगी।
किवी – लुटेइन, जिओक्सान्थिन र भिटामिन सीले भरिपूर्ण।
अंगुर – विशेष गरी कालो अंगुरमा एन्टिअक्सिडेन्ट र रेस्भेराट्रोल हुन्छ।
पपीता – संक्रमणबाट जोगाउने भिटामिन ए र सी को मिश्रण।
आँप – आँखाको शुष्कता घटाउने बेटा–क्यारोटिन को राम्रो स्रोत।
सुन्तला र कागती जात – कोशिकामा क्षति हुनबाट जोगाउने भिटामिन सी प्रचुर।
एभोकाडो – मोतिबिन्दुबाट जोगाउने लुटेइन र जिओक्सान्थिन युक्त।
विज्ञको धारणास्
नेत्र रोग विशेषज्ञ डा। सरोज अधिकारी भन्छन्, “दृष्टि सुधारको लागि फलफुल मात्र होइन, सन्तुलित आहार, पर्याप्त पानी, र राम्रो निद्रा पनि अत्यावश्यक छ। तर लुटेइन र भिटामिन ए युक्त फलफुल आँखाका लागि अत्यन्त उपयोगी हुन्छन्।”
फलफुल सेवनको सही तरिकास्
दिनमा कम्तीमा दुई किसिमका फलफुल समावेश गर्ने।
बिहान खाली पेट फलफुल खाँदा पोषणको अवशोषण राम्रो हुन्छ।
कृत्रिम चिनी नहालेर फलफुल सेवन गर्दा अझ प्रभावकारी हुन्छ।
निष्कर्षस् आँखाको स्वास्थ्य सुधार गर्न औषधिमा मात्र होइन, थालको भोजनमा ध्यान दिनु जरूरी छ। फलफुलमा लुकेको शक्ति आँखाको ज्योति टिकाउन र भविष्यमा आँखा गुमाउने जोखिम घटाउन सहायक बन्न सक्छ।