काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले नेपालमा शिक्षालाई सबैले सामान्य रूपमा लिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित विद्यालय शिक्षामा लैङ्गिक उत्तरदायी बजेट विनियोजन र खर्च सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिकु कार्यक्रममा बोल्दै उनले यही संकीर्ण बुझाइका कारण देश अहिलेको अवस्थामा पुगेको बताए ।
थापाले देश विकासका लागि शिक्षालाई ज्ञानमूलक, सीपमूलक र उत्पादनमूलक बनाउन आवश्यक रहेको औंल्याए । उनले राज्यको ढुकुटीको सदुपयोग नभएको भन्दै भौतिक पूर्वाधारमा अनावश्यक लगानी गरिएको तर त्यसको प्रतिफल नदेखिएको उदाहरण दिए। ूहामीले राजमार्ग बनाएका छौँ, त्यो पनि ११/१२ किलोमिटरको दूरीमा, त्यो पनि फेसन जस्तै बनिसकेको छ, तर गाडी गुड्दैनन्,' उनले भने, 'अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ तर जहाज उड्दैनन्। हाम्रो दिमाग शिक्षामा लगानी गरौँ भन्ने नै छैन। अनि कसरी हुन्छ देशको प्रगति ?'

उनले जबसम्म नागरिकलाई सचेत र उत्पादनमूलक सीप सिकाउँदैनौँ तबसम्म देश आत्मनिर्भर हुन नसक्ने दाबी गरे । थापाले पहिले राष्ट्रलाई उत्पादनमा लगाएर ढुकुटी बलियो बनाउनुपर्ने, त्यसपछि शिक्षामा लगानी, स्वास्थ्यमा ध्यान र गरिबीको रेखामुनि रहेका नागरिकका लागि काम गर्नुपर्नेमा जोड दिए ।
थापाले शिक्षा, स्वास्थ्य र गरिबीमा राजनीति गरेका कारण देश लथालिङ्ग अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे। उनले देश विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताउँदै भने, 'हामीले यस्ता कुरामा राजनीति गरेर के पाउँछौँरु त्यसको साटो हामी सबैले हरेक विकासमा एकता हुने हो भने सबैका छोराछोरी सुध्रेपछि न देश बन्ने हो ।' उनले नेपालजस्तो सुन्दर देश अन्यत्र कतै नदेखेको अनुभव पनि सुनाए।
निजी विद्यालय बन्द गर्नुपर्छ भन्ने आवाज बेलाबेला उठ्ने गरेको प्रसंगमा थापाले प्रश्न गरे, 'किन गर्नुपऱ्यो निजी विद्यालयरु सरकारले सरकारी विद्यालयलाई नै राम्रो बनाएमा महिनाको २०/२२ हजार तिरेर कुन अभिभावकलाई निजीमा पढाउन रहर छ र ?'
सार्वजनिक शिक्षा सुधारबिना मुलुक अगाडि बढ्दैन
सोही कार्यक्रममा राष्ट्रिय शिक्षा अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडीले नेपालको शिक्षालाई सशक्तीकरण, समावेशी र पहुँचयोग्य नबनाई तथा देखिएका समस्याहरूलाई समाधान नगरी यो मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरे ।
उनले शिक्षामा पर्याप्त बजेट छुट्याउनुपर्छ भन्दै आए पनि नेतृत्व तहमा बस्नेहरूले नसुनेको गुनासो गरे । 'जबसम्म हाम्रो सार्वजनिक शिक्षा सुधार गर्न पर्याप्त बजेट छुट्याउँदैनौँ, तबसम्म हाम्रो शिक्षा बिकाउ र टिकाउ नहुनेू उनको भनाइ थियो।
पहाडीले सार्वजनिक शिक्षालाई बलियो बनाए मात्र मुलुकको रूपान्तरण सम्भव रहेको बताए । 'शिक्षा क्षेत्र भनेको सबै पूर्वाधारको पनि पूर्वाधार हो,' उनले भने, 'त्यसैले समयमै राज्यले बाटो, घाटो लगायतका अन्य संरचनामा लाग्नभन्दा शिक्षामा लगानी गरियोस् ।'

