काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक एक वर्षअघिको उच्च विन्दुनजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार, आज नेप्से परिसूचक तीनहजार विन्दुनजिक पुगेको हो ।
मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा बन्द भएको छ । यो विन्दु ११ महिनायताकै उच्च हो । यसअघि, ०८१ भदौ ६ गते २,९७४.४६ विन्दुमा पुगेको थियो । भदौ ५ गते भने २,९६८.४४ विन्दुमा थियो । एक वर्षको उच्च विन्दु ३,०००.८१ हो ।
आज करोबार रकम चार अर्बले बढेको छ । यसदिन २० अर्ब आठ करोड ५३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज एक लाख ७७ हजार १०१ पटकमा चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर खरिदबिक्री भएको छ । सोमबार एक लाख ३८ हजार ८२८ पटकमा तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिदबिक्री भएको थियो। जसमा २३६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य ८ प्रतशितभन्दा बढीले वृद्धि भएको छ ।
पाँच कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । ट्रेड टावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट, सान्भी इनर्जी, उन्नति सहकार्य लघुवित्त, र विन्ध्यबासिनी हाइड्रोपावरको सेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
आज पनि नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार यस कम्पनीको ७५ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूहको सर्वाधिक ४.६३ प्रतिशतले मूल्य बढेको छ ।