काठमाडौँ । नेपालमा ओमोडा एन्ड जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशभरका ग्राहकहरूलाई लक्षित गर्दै ‘मनसुन चेकअप क्याम्प’ सार्वजनिक गरेको छ। असार २५ देखि २७ गतेसम्म सञ्चालन हुने यो सेवा अभियानले सवारी साधनहरूको सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सेवा र छुट प्रदान गर्ने लक्ष्य राखेको छ।
मनसुन सिजनमा गाडीहरूको कार्यसम्पादनमा असर पर्न सक्ने भएकाले यो विशेष क्याम्पमार्फत गाडी चेकअप, मर्मत र आवश्यक पार्टपुर्जाको जाँच गरी यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउन मद्दत गरिनेछ। क्याम्पमा सहभागी ग्राहकहरूले सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा १००% छुट पाउनेछन्। यस्तै, टप वास सेवामा १००% छुट, सस्पेन्सन पार्ट्स रिप्लेसमेन्टमा ५०% छुट, बडी सप जबमा १०% छुट र स्पेयर पार्ट्समा पनि १०% छुट उपलब्ध हुनेछ।
उक्त क्याम्प देशभरका १२ वटा आधिकारिक सेवा केन्द्रहरूमा एकसाथ सञ्चालन हुनेछ। काठमाडौंको सीतापाइला (एसपीजी अटोमोबाइल्स) र भक्तपुरको परिवार कार क्लिनिकमा उपत्यकाभित्र सेवा दिइनेछ भने उपत्यका बाहिर वीरगन्ज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजी), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपी इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प) र सुर्खेत (बुटवल भेराइटी) मा पनि क्याम्प सञ्चालन हुनेछ।
एसपीजी अटोमोबाइल्सले ग्राहकहरूलाई मनसुनका चुनौतीपूर्ण यात्रा तथा मौसमका लागि आफ्नो सवारी साधनलाई समयमै तयारी गराउन आग्रह गर्दै नजिकको सेवा केन्द्रमा गएर उक्त क्याम्पको लाभ लिन आह्वान गरेको छ।