काठमाडौँ । पोखराको रमणीय रानीबन रिट्रिटमा ‘रिकनेक्ट म्याजेण्टा ग्लोबल’ शीर्षकको एक दिने सामुदायिक मिनी-रेट्रिट आयोजना गरिने भएको छ । यही शनिवार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम निःशुल्क रूपमा सबैका लागि खुला गरिएको छ ।
‘वेलनेस डे’ को अवसरमा आयोजना हुने यस कार्यक्रममा सहभागीहरूले योग, ध्यान, वैदिक उपचार तथा माइन्डफुलनेस अर्थात् सचेत जीवनशैलीसम्बन्धी विभिन्न अभ्यासहरूमा सहभागी हुन सक्नेछन् ।
कार्यक्रममा बेस्टसेलिङ कृति ‘निर्वाण’ र ‘आनन्द संहिता’ का लेखक घनश्याम खड्काको विशेष सहभागिता रहनेछ । माइन्डफुल लिभिङ क्लब्सका संस्थापक समेत रहेका खड्काले आन्तरिक आनन्द, आत्म–चिकित्सा र जागृत जीवनशैलीका विषयमा सत्र सञ्चालन गर्नेछन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वैदिक योग गुरु तथा वैदिक हिलिङ फाउन्डेशनका संस्थापक मास्टर गणेशले वैदिक ज्ञानमा आधारित ध्यान, योग र उपचारका अभ्यासमार्फत मानसिक, शारीरिक र आत्मिक सन्तुलनका उपायहरू सिकाउनेछन् ।
कार्यक्रममा हार्ट–माइन्ड वेलनेसकी संस्थापक तथा नेपालकी ग्लोबल वेलनेस डे राजदूत आइनी चाको पनि विशेष सहजीकरण रहने छ । प्रमाणित माइन्डफुलनेस प्रशिक्षकसमेत रहेकी आइनीले आत्म–जडान, करुणा र जागरूकता विकासका अभ्यासमार्फत सहभागीहरूलाई जीवनमा रूपान्तरण ल्याउन प्रेरित गर्ने बताइएको छ ।
कार्यक्रममा सहभागिताका लागि पूर्वदर्ता आवश्यक रहेको छ। इच्छुकहरूले राकेशसँग सम्पर्क गरी दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्। सम्पर्क नम्बर: ९८४०५१६६७०